सिटिजन लाइफको मिलियन डलर राउन्ड टेबल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको छ ।

कम्पनीले हरेक वर्ष अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, शाखा प्रमुख र केही विभागिय प्रमुख गरी ७० जना सहभागी थिए ।

कार्यक्रममा ४२ जना एमडीआरटी क्वालिफायर र ३ जना सिओटी क्वालिफायरलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गरिएको छ भने कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया