पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका– ३ नाम्लुवामा ५ शैय्याको अस्पताल भवन सञ्चालनमा आएको छ । सो भवन संघीय र स्थानीय सरकारको साझेदारी लागतमा १२ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार सो भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री पौडेलले करोडौँ खर्च गरेर निर्माण भएको भवनबाट नागरिकलाई भरपुर सेवा दिने वातावरण बनाउन सरकार लागिपर्ने बताए ।
मन्त्री पौडेलले स्वास्थ, शिक्षा र सडकको आधारभूत सुविधा नहुँदा गाउँहरू उजाड बन्दै गएको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले नीति कार्यक्रममा आयमूलक कार्यक्रमलाई जोड दिन सुझाव दिए ।
प्रतिक्रिया