काठमाडौँ । बिजबेल लिमिटेडले आइपिओ निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ । यसैक्रममा प्रभु क्यापिटलको कर्पोरेट एडभाइजरी सर्भिसअन्तर्गत उक्त कम्पनीले सम्झौता गरेको छ । यो सम्झौताले बिजबेल लिमिटेडको लागि रोड टु आइपिओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) प्रक्रियामा एउटा प्रमुख कोसेढुंगाको रूपमा काम गर्ने जनाइएको छ ।
हाइड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामाको उपस्थितिमा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशिष गौचन र बिजबेल लिमिटेडका संस्थापक सुशील पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाको पनि उपस्थिति थियो ।
प्रतिक्रिया