काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्र्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेबिड कार्ड वा क्युआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ ।
यससम्बन्धी सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगन्ज क्लस्टरका प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्युका म्यानेजिङ डाइरेक्टर तर्कबहादुर शाहीले फागुन ११ गते हस्ताक्षर गरे । यो सम्झौता २ वर्षका लागि लागू हुने बताइएको छ । यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहक महानुभावलाई फाइदा पुग्ने बैंकको दाबी छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया