काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी ट्रेड प्रालिबीच बिमा सेवासम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जी ट्रेडमार्फत बिक्री गरिने इभी इजी ट्याक्सीहरूको मोटर बिमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जी ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलगायत सरिना जी ट्रेडको तर्फबाट उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थिए ।
सरिना जी ट्रेडबाट बिक्री गरिने विद्युतीय सवारीसाधनहरूकोे व्यापक सवारी साधन बिमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बिमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई थप सरल, सहज, नगदरहित तथा शीघ्र भुक्तानी गर्नेसमेत जनाइएको छ ।
प्रतिक्रिया