कोसीमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट’

विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत विराटनगरमा ‘नबिल एसएसई कनेक्ट ः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । ७ फागुनमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा कार्यशाला सम्पन्न गरिएको हो । उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका अवसर तथा चुनौतीबारे छलफल भएको नबिल बैंकले जनाएको छ ।

प्रदेश स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरूप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर बिस्तार गर्ने उद्देश्य लिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराए । उनले यस कार्यक्रममा सहभागीहरूलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए ।

नबिल बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम तथा सर्टिफिकेट कोर्स सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।

हालसम्म नबिल एसएसई सर्टिफिकेट कोर्सले ५४३ सहभागीलाई सफलतापूर्वक प्रशिक्षण प्रदान गरेको छ । जसले ७२ उद्यम स्थापना गर्न सफल भएका छन् । दुवै कार्यक्रममार्फत हालसम्म कुल ११७ उद्यम स्थापना भएका छन् भने १ हजार २०० भन्दा बढी रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया