काठमाडौँ । नेकपा (एकीकृत समाजवाद)को केन्द्रीय कमिटी बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुने बताइएकाे छ ।
यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । पार्टीको बैठमा सबै नेताले बोलेको धारणा र निर्णय रेकर्ड राख्ने परम्परा सुरु गरेको छ । यो पहिलो पटक सुरु भएको हो ।
प्रतिक्रिया