घट्यो सुनको मूल्य : आज तोलाको रु १ लाख ७० हजार कायम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु १ लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार ९ सय ९० मा किनबेच हुनेछ ।आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया