नयाँ दिल्ली । अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरीकन भिसा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।
यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने भएको छ । यसअघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान रहेको भारतीय अखबार बिजनेस टुडेले उल्लेख गरेको छ ।
उच्च दक्ष पेसाकर्मीलाई दिइने एच–१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ–१ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१÷बी२ भिसा लिनेहरूलाई यो प्रावधानले असर गर्ने बताइएको छ । यही मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो ।
प्रतिक्रिया