पहिलोपटक शव हस्तान्तरण

तेल अभिभ । इजरायल र हमासबीचको युद्धविराम सुरु भएपछि पहिलोपटक शव हस्तान्तरण भएको छ । यसरी हस्तान्तरण गरिएका शव मध्ये विवस परिवारका ३ जना थिए । सबैभन्दा कम उमेरका व्यक्तिको ज्यान गएपछि यसले इजरायलमा पीडा थपिएको छ । बिहीबार हस्तान्तरण गरिएका शवमा आमा सिरिका साथ उनका २ सन्तान केफिर अरियलको शव पनि हस्न्तान्तरण भएको छ । अपहरणमा पर्दा केफिरको उमेर ९ महिना तथा एरियलको ४ वर्ष थियो । खान युनिसमा उनीहरूको शव हस्तान्तरण गरिएको हो ।

हमासले १ वर्षअघि नै इजरायलले गरेको हवाई आक्रमणमा यी ३ जनाको ज्यान गएको दावी गरेको छ । तथापि यो पुष्टि हुन सकेको छैन । हमासले यी बन्दीलाई जीवित राख्न सम्भव भएसम्म प्रयास गरेको बताएको छ । मृत्यु हुनेमा ८४ वर्षीय ओडेड लिफ्टस चिफ पनि छन् । ओडेड अभियन्ता तथा पत्रकारसमेत हुन् । उनका ८५ वर्षीया श्रीमती याचेभेड पनि ७ अक्टोवर २०२३ का दिन अपहरणमा परेको थिइन् । याचभेड पनि पहिले नै रिहा भइसकेकी छिन् ।

यी ४ वटा शव नै रेडक्रसको रोहबरमा इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । इजरायली राष्ट्रपति इजरायल हर्जोगले यसले सिंगो देश शोकाकुल भएको प्रतिक्रिया दिए । तेल अभिभ सडकमा उनीहरूको शव पर्खिएर धेरै इजरायली उपस्थित थिए । मनिल अनुहार भएका ती सबै चिन्ताले ग्रसित थिए ।

प्रतिक्रिया