काठमाडौं । क्यानडामा ८० जना सवार विमान दुर्घटना भएको छ । तर, उक्त दुर्घटनामा विमानमा सवार ८० जना नै बाँच्न सफल भएको बताइएको छ ।
क्यानाडाको टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्य बाँच्न सफल भएका छन् । यो जानकारी ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले दिएकी हुन् ।
उनले भनिन्, ‘हामी धेरै खुसी छौँ कि कुनै पनि यात्रुको मृत्यु भएन र दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य छ ।’ आपतकालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन् ।
टोरन्टो पियर्सन विमानस्थलले डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आउँदै गरेको बताएको छ । विमानमा ८० जना सवार थिए । तीमध्ये ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । जम्मा १८ जना यात्रुलाई अस्पताल लगिएको बताइएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार सोमबार दिउँसो २ः४५ बजे अवतरणका क्रममा उल्टिएको थियो ।
प्रतिक्रिया