जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद् : कुलमान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दुखद् भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजनाको ‘जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले यस्ताे बचताएका हुन् । उनले भने, ‘सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएकाे हाे ।’

हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए ।

उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाव घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।

२८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउनकोलागि विद्युत् प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए ।

हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोली नहालेको उनको भनाई थियो ।

प्रतिक्रिया