इनड्राइभद्धारा दुर्घटना बीमाको शुरुवात

काठमाडौँ । राइडिङमा स्थापित कम्पनि इनड्राइभले यात्रु तथा चालकको लागि दुर्घटना बीमा सुविधा शुरु गरेको छ ।

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको हो । यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षा सहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

सम्झौता पत्रमा इनड्राइभ नेपालकी प्रतिनिधी रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिश तखर्च दिइनेछ ।

इनड्राइभ नेपालकी प्रतिनिधी रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हाम्रा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ । हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं । यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।’

प्रतिक्रिया