काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रु २७०० र चाँदी रु १५ ले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन रु १ लाख ७० हजार २०० मा कारोबार भएकोमा आज सोही परिमाणको सुनको मूल्य रु १ लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु १ हजार ९ सय ५५ निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया