काठमाडौ । म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा बन्धक बनाएर जवर्जस्ती काममा लगाइएका नेपालसहित २० देशका २५० जनाभन्दा बढी कामदारको उद्धार गरिएको छ । बीबीसीका अनुसार यसरी मुक्त हुनेमा ७ जना नेपाली पनि छन् ।
ती कामदारलाई आकर्षक प्रलोभन दिइ झुक्याएर दूरसञ्चारसम्बन्धी ठगी धन्दा ‘स्क्याम’ मा लगाइने गरेको थियो । यसप्रकारको ठगी धन्दामा जवर्जस्ती लगाइएका नेृपाली कामदारको संख्या निकै ठूलो रहेको अनुमान गरिएको छ । यसबारेमा बैंककस्थित नेपाली राजदूतावासले दुइ महिनाअघि विज्ञप्ति निकालेर त्यस्तो ठगी धन्दाको जोखिममा नपर्न थाइल्याण्ड घुम्न गएका नेपालीहरुलाई सचेत गराएको थियो । भइ रहेको छ ।
म्यान्मारको एउटा स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो । डेमोक्र्याटिक करेन बेनभोलन्ट आर्मी (डीकेबीए)ले थाई सेनालाई हस्तान्तरण गरेको हो । डीकेबीए सो राज्यमा सक्रिय सशस्त्र समूहमध्ये एउटा हो । उनीहरू सबैजनालाई थाईल्यान्ड पुर्याइएको छ ।
मुक्त हुनेहरूमा अफ्रिका र एशियाली देशका नागरिक छन् । तीमध्ये २२१ पुरुष र ३९ महिला छन् । अहिले उनीहरू मानव तस्करीमा परेको विषयमा छानबीन भइहेको बीबीसीले जनाएको छ ।
यसरी मुक्त हुने कामदारमा नेपालका अलावा इथियोपिया, केन्या, बुरुन्डी, नाइजेरिया, तान्जानिया, घाना, कम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, चीन, इन्डोनेशिया, ताइवान, युगान्डा, लाओस, र ब्रजिलका नागरिक छन् ।
गत साता चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट हुँदा थाई प्रधानमन्त्री पेतोङ्ताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्रहरू बन्द गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
थाई सरकारले थाई भूमिबाट हुने बिजुली र ऊर्जा आपूर्ति रोकिदिएको थियो । थाईल्यान्डलाई कामदार र पैसा ओसार्ने क्रममा ‘ट्रान्सिट’ का रूपमा प्रयोग गर्न नदिन ब्याङ्किङ र भिसासम्बन्धी नियममा कडाइँ गरेको थियो । केही विपक्षी सांसदहरूले विगत दुई वर्षदेखि नै यस्तो कडाइ गर्न माग गर्दै आएका थिए ।
स्क्याम सेन्टरहरूले विदेशी कामदारहरूलाई राम्रो तलबको लोभ देखाएर तथा म्यान्मारमा नभई थाईल्यान्डमा र स्क्याम सेन्टरमा नभई अन्यत्र काम गर्ने भनेर पनि ल्याएका हुन्छन् । त्यस्ता केन्द्रहरू सञ्चालन गर्ने स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन् ।
उनीहरूले अनलाइनमा ‘पिग बुचरिङ’ भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैर कानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन् । केही विदेशीहरू त्यस्तो काम गर्न आफै तयार हुन्छन् भने बाध्य पारिन्छ ।
त्यस क्षेत्रमा लगिएकाहरुका लागि दैनिक ५० हजार अमेकिरी डलर आम्दानी अनिबार्य गरिएको छ । कु्नै कामदारले सो लक्ष्य अनुसार गर्न नसकेमा उनीहरुलाई अत्यन्त चरम यातना दिइने छ । प्रत्येक २४ घन्टामा २ देखि ३ घन्टको बिचमा उनीहरुलाई सुत्ने समय दिइन्छ ।
यसरी धेरै लामो समय देखि विभिन्न लोभमा त्यहाँ लगेर फसाइए पनि म्यान्मार थाइ सरकारले कुनै कदम चाल्न सकेको थिएन । चिनिया अभिनेता वाङ जिङलाई जनवरी महिनामा नै बन्दी बनाएर जेलमा राखे पछि रिहा गर्न स्क्यामको क्षेत्रमा चासो दिन चीनले दवाव दिएको थियो ।
सन् २०२२ को एक तथ्यांक अनुसार स्क्यामकै लागि १२२५ चिनियाँसहित अन्य धेरै देशका नागरिकलाई तस्करी गरेर त्यहाँ लगिएको थियो ।
प्रतिक्रिया