अब प्रदेश सरकार र संघीय सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरूका लागि खुल्ला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केबल पोखरा अनि पोखरा सहर वरपरको मात्रै नभएर गण्डकी प्रदेश र, समग्र देशको विकासमै योगदान गर्नसक्ने संभावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरू हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ ।
नेपाल घुम्न आएकामध्ये करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यसैगरी आन्तरिक पर्यटनको हिसाब गर्ने हो भने त करिब ६० प्रतिशत हिस्सा पोखराले नै ओगट्छ । पोखरालाई केन्द्रित बनाएर विकास गर्न सकिने पर्यटकीय गन्तव्यहरूको संख्या उल्लेख्य छ । मनाङ, मुस्ताङ, उत्तरी गोरखा त पोखराबाट नजिक पर्ने नेपालका मुख्य पर्यटकीय गन्तव्य हुँदै हुन् । त्यसबाहेक पोखराबाट १ देखि ३ घन्टासम्मको ड्राइभिङमा पुगिने पर्यटकीय गन्तव्यहरू उल्लेख्य छन् । पोखरालाई मुकाम बनाएर आसपासका क्षेत्रहरू घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटकको संख्या निकै ठुलो छ ।
औपचारिक रूपमै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि चहलपहल अझ बढ्ने, बजेट विनियोजन गर्दा प्राथमिकतामा राखिने, निजी लगानी बढ्ने कुरामा पोखरेलीहरू आशावादी हुनु स्वभाविकै हो ।
राजधानी भनेको राष्ट्रिय स्तरका सरकारी कार्यालय रहने स्थान हो । पर्यटनसँग सम्बन्धित राष्ट्रिय स्तरका सरकारी कार्यालयहरू पोखरामा स्थानान्तरणका लागि पहल नगर्ने हो भने पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य हुँदैन । जबसम्म राष्ट्रिय स्तरका सरकारी कार्यालयहरू स्थापना हुँदैनन्, तबसम्म पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका केन्द्रीय कार्यालयहरू पनि स्थापना हुँदैनन् । जबसम्म पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सुचारु हुँदैनन्, तबसम्म पोखरामा पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका केन्द्रीय कार्यालयहरू स्थापना हुने सम्भावना रहन्न ।
पोखरा पर्यटकीय सहर बन्नुको मुख्य कारण सफा तालतलैयाहरू, प्रष्टसँग देखिने हिमाल, संस्कृतिक सम्पदा बोकेका आसपासका गाउँहरू हुन् । तर, पछिल्लो समयमा तालतलैयाको सफाइमा ध्यान दिइएको छैन । अव्यवस्थित सहरीकरणका कारण धुलो, धुँवा तथा तुवाँलो बढ्दै जाँदा हिमालहरू प्रष्ट देखिन छाडेका छन् । माछापुच्छ्रे हिमाल पहिलेको जस्तो सेताम्मे देखिन छाडेको छ । तीव्र बसाइँसराइका कारण आसपासका गाउँहरू रित्तिने क्रम बढ्दो छ । साविकका कतिपय पदमार्गमा गाडी गुड्ने सडक बनिसकेका छन् । पर्यटकीय सम्पदा संरक्षण र संवद्र्धनतिर ध्यान नदिने हो भने पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य रहन्न ।
लगभग १० महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्र्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी भनी घोषणा गरेका थिए । बुझिएअनुसार गण्डकी प्र्रदेशको राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी गरिएको घोषणा सभा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको तजबिजमा मात्रै भएको थियो, त्यसमा संघीय सरकारको भूमिका थिएन । संघीय सरकारले पनि कुनै निर्णय गरेन, हुन्छ वा हुँदैन केही भनेन । त्यसैले पोखरा महानगरपालिकाको तजबिजमा मात्रै भएको त्यो घोषणा हामी सबैले मानेको भन्न सकिन्न । किनभने, त्यसपछि कसैले केही भनेको, बोलेको, लेखेको देखिएन, सुनिएन ।
धेरै समय अघिदेखि नै पर्यटन व्यवसायीहरू माझ पोखरा सरहलाई अनौपचारिक रूपमा पर्यटकीय राजधानी भनेर भन्ने गरिन्थ्यो, चिन्ने गरिन्थ्यो । त्यो बेलाका देशका सरकार प्रमुख अर्थात् प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा औपचारिक रूपमा पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी घोषणा गरिसकिएको छ । अब बाँकी रहेको काम भनेको माछापुच्छ्रे हिमालको ‘कुमारीत्व भंग गर्ने हो ?’ मेरो भनाइको मतलब अब माछापुच्छ्रेलाई पर्वतारोहीहरूका लागि आरोहण गर्न खुल्ला गरौँ अर्थात् माछापुच्छ्रे हिमाललाई आरोहण गर्न अनुमति दिऔँ भन्ने हो ।
उचाइका हिसाबले माछापुच्छ्रे हिमाल न धेरै अग्लो हो न धेरै होचो हो । ‘माछापुच्छ्रे हिमाल’ हिमालको उचाइ ६ हजार ९९३ मिटर मात्रै रहेको छ । साथै माछापुच्छ्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा ‘फिसटेल’ र स्विस–जर्मन भाषामा ‘म्याटर्नहर्न’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ भनी पुकार्छन् । नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे’ भन्ने नाम भइहाल्यो ।
माछापुच्छ्रे हिमाल सुरुदेखि आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो त ? यो विषयमा तपाईं–हामीमध्ये धेरै कमलाई मात्रै वास्तविकता थाहा छ । त्यसैले अब ‘माछापुच्छ्रे हिमाल’ आरोहण गर्न दिने, नदिने भन्ने सम्बन्धमा फेरि आमजनताबीच व्यापक रूपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने इतिहास हेर्दा÷पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए । संभवतः उनीहरू बेलायती टोली रहेका थिए । स्रोतः डाक्टर हर्क गुरुङद्वारा लिखित विषय विविध पाना–८६ । सो टोलीले बाटो खोज्दै जानेक्रम (माछापुच्छ्रे आधार शिविर जाने बाटो) मा सो बेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यस कारणले गर्दा नै सो भन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामकरण गरे, बेलायती पर्वतारोही टोलीले ।
गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे हिमाल आरोहणको प्रयास ग¥यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केबल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भयो । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडाँैस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयसको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पा¥यो ।’ भनी गुरुङले आफ्नो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।
सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामकरण भएका चुलीहरूको नेपाली नामकरण गर्ने समितिका संयोजकमा गुरुङ स्वयं रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजकको रूपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीहरूको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’
साँच्चै गुरुङले भनेझैँ १ जना मानिसको चाहनाले त्यो वेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रूपमा स्थापित भयो । नभएदेखि हालसम्म सगरमाथा हिमालपछि संभवतः माछापुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरू ओइरिने थिए कि ?
माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरूले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुभ्mनुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।
पछिल्लोपटक प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी संघीय सरकारलाई आप्mनो राय÷सुझाव दिइसकेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर शाहीले बताएका छन् । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने/नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।
अझ त्यो बेलाको नेपाली समाज त्यो बेला (लगभग ६७–६८ वर्षअघिको) को चेतना र बुझाइको स्तर अहिले जति कहाँ थियो र ? यसो भन्दाखेरि यो पंक्तिकारले ऊ बेलाको समाजलाई कम आँकेको होइन, चेतना नै थिएन, बुझक्की नै थिएनन् भन्नेचाहिँ पटक्कै होइन । तथापि आजका पुस्ता धेरै नै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । त्यसैले अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठिक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठिक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरूले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझैँ पनि निषेधित नै राखौँ, किनभने माछापुच्छ्रे हिमाल कुमारी, पवित्र र सुन्दर छ’ भन्लान् ।
त्यसैले अब प्रदेश सरकार र संघीय सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरूका लागि खुल्ला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केबल पोखरा अनि पोखरा सहर वरपरको मात्रै नभएर गण्डकी प्रदेश र, समग्र देशको विकासमै योगदान गर्न सक्ने संभावना देखिन्छ । किनभने माछापुच्छे« हिमाल अन्य हिमालहरू हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ । उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्वपूर्ण भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन रहेको छ । यातायातको दृष्टिले पनि धेरै सुगम स्थानमा रहेको छ भने, गाउँ–वस्तीबाट नजिक रहेको छ ।
त्यसैले हालै औपचारिक रूपमा घोषित देशको पर्यटकीय राजधानीको आम्दानी बढाउन, पर्यटकीय राजधानी पोखराको प्रमुख आय स्रोतको रूपमा विकसित गर्न र समग्र पर्यटन क्षेत्रको रोजगारी र विदेशी मुद्रा आम्दानी गर्नका लागि पनि माछापुच्छे« हिमाल आरोहणका लागि नेपाल सरकारले जतिसक्दो चाँडो खुला गर्नुपर्ने देखिन्छ । यसो गर्न सकेदेखि पोखरा र कास्कीको मात्रै नभएर वरिपरिका छिमेकी जिल्लाहरूका साथै समग्र नेपालीहरूले नै आर्थिक फाइदा लिन सक्थे । साथै देश विकासमा थप टेवा पुग्ने थियो ।
प्रतिक्रिया