काठमाडौँ । राजस्व संकलनका लागि महत्वपूर्ण भूमिमा रहने भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले बुधबार बेलुका सार्वजनिक गरेको सूची अनुसार १४ सहसचिवको सरुवा र कार्यविभाजन गर्ने क्रममा राजस्व विभागका प्रमुखको सरुवा तथा हेरफेर गरेको हो ।
भन्सारको महानिर्देशकमा महेश भट्टराई र आन्तरिक राजस्वको महानिर्देशकमा मदन दहाललाई सरुवा गरिएको छ ।उनीहरू दुवै जना अर्थ मन्त्रालयमा कार्यरत थिए । दहाल अर्थको प्रशासन प्रमुख र भट्टराई योजना अनुगमन तथा मुल्यांकन महाशखा प्रमुख एवं प्रवक्ता थिए । मन्त्रिपरिषद्ले सोमबार भन्सार महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिकका महानिर्देशक रामप्रसाद आचार्यलाई सरुवा गरेको थियो । उनीहरू दुवैलाई महानिर्देशक बनेको ६ महिनामा सरुवा गरिएको थियो ।
प्रतिक्रिया