प्रगतिशील लेखक संघ अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न

अर्घाखाँची । प्रगतिशील लेखक संघ अर्घाखाँचीको चौथो अधिवेशन तथा ‘बुद्धि रायमाझी स्मृति ग्रन्थ’ विमोचन कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रिय महासचिव डाक्टर देवीप्रसाद दुलालले व्यवस्था परिवर्तनमा प्रगतिशील लेखक संघले खेलेको भूमिका अतुलनीय भएको भन्दै नयाँ परिस्थिति अनुसार अवस्था परिवर्तनमासमेत भूमिका खेल्नुपर्ने बताए ।

सामाजिक, सांस्कृतिक तथा राजनीति रुपान्तरणका साथै सामाजिक विकृति विसंगतिविरुद्ध लेखक संघले अभिछिन्न रुपमा कलम चलाउँदै आएको महासचिव दुलालले बताए । अधिवेशनमा लेखक संघका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य बिजुली रायमाझीले लेखक संघको गरिमालाई अझ उचो बनाउन आफू निरन्तर लाग्ने बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले लेखक संघले जनताको पक्षमा निरन्तर कलम चलाउनुपर्ने बताए । अधिवेशनमा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँ पालिकाका अध्यक्ष दलबहादुर भट्टराई, सितगंगा नगरपालिका उपप्रमुख गिता भाट, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, बामपन्थी बुद्धिजिवी सागर केसी, नरेन्द्रकुमार क्षेत्री लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अर्घाखाँची जिल्लाको कम्युनिष्ट आन्दोलनको अगुवाई संगठन निर्माण र विस्तारका साथै सामाजिक रुपमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै संघका सस्थापक अध्यक्ष बुद्धि रायमाझीको सम्झना प्रकाशित बुद्धि रायमाझी ग्रन्थको विमोचन गरिनुका साथै दिवगंत रायमाझीले पुर्याएको योगदानको सबैले चर्चा गरेका थिए ।

अधिवेशनको उद्घाटन शत्र संघका जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता सहसचिब हृदय भुसालको स्वागत मनतव्य र सचिव भेषबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो । अधिवेशनको बन्द सत्रले ज्ञानबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा भेषबहादुर क्षेत्री, सचीव हृदयकुमार भुसाल, सहसचिव माधव भुसाल कोषाध्यक्ष भिमलाल आचार्य रहेको १५ सदस्य कार्यसमिति समेत चयन भएको छ । बिजुला रायमाझी कमलप्रसाद घिमिरे रहेको ५ सदस्य सल्लाहकार समितिसमेत चयन भएको संघले जनाएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया