महिला सेभेन्स रग्बी फागुनमा

काठमाडौँ । बागमती यु–२० महिला सेभन्स रग्बी च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ । नेपाल महिला रग्बी क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन ६ र ७ भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुन लागेको हो ।
प्रतियोगितामा ७ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । त्यसमा ४ प्रदेश र २ क्लब टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा भइरहेको क्लबले जनाएको छ । यस प्रतियोगिताका लागि हस्पिटल पार्टनरका रूपमा भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालसँग क्लबका अध्यक्ष एलिसा थापाले सम्झौता गरिसकेकी छन् । अन्य काम पनि अगाडि बढिरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया