डोनाल्ड ट्रमले अघिल्लो निर्वाचनमा निर्वाचित हुनअगाडि चुनावी भाषणमा भनेका थिए, ‘दलाइ लामाको तिब्बती फाउन्डेसनलाई मैले चुनाव जितेँ भने बजेट रोक्नेछु, यो हाम्रो लागि सेतो हात्ती पालेको जस्तो भएको छ । यसरी सधैँ पालेर बस्न सकिन्नँ ।’ तर राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सबैभन्दा बढी बजेट ट्रम सरकारको पालामा आएको थियो ।
अमेरिकी सहयोग नियोग (युएसएआइडी)लाई ट्रम सरकारले बन्द गर्ने घोषणा लगत्तै थरिथरिका टीका टिप्पणीले अहिले सामाजिक सञ्जाल भरिएको छ । धेरैले के प्रतिक्रिया दिँदै गरेको देखिन्छ भने, अब यी डलरजिबी धुन्धुकारीहरू के गरेर खालान् ? यस्तो लेख्ने साथीहरूलाई डोनाल्ड ट्रमको अघिल्लो कार्यकालको एउटा कुरा एकपटक अवगत गराउँछु ।
डोनाल्ड ट्रमले अघिल्लो निर्वाचनमा निर्वाचित हुनअगाडि चुनावी भाषणमा भनेका थिए, ‘दलाइ लामाको तिब्बती फाउन्डेसनलाई मैले चुनाव जितेँ भने बजेट रोक्नेछु, यो हाम्रो लागि सेतो हात्ती पालेको जस्तो भएको छ । यसरी सधैँ पालेर बस्न सकिन्नँ ।’ तर, राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सबैभन्दा बढी बजेट ट्रम सरकारको पालामा आएको थियो ।
अतः अहिले डोनाल्ड ट्रमले नीति परिवर्तन गरेका हुन्, नियत परिवर्तन गरेका होइनन् । युएसएआइडी खारेज गर्नुको अर्थ नियत विचारणीय छ । खारेज गरेको ठान्नु गलत हुन्छ । हाम्रा डलरजिबीहरूलाई केही समयको लागि सुस्ताउने समय दिइएको मात्रै हो, फेरि अर्को संस्थामार्फत धर्म, संस्कृति, जाति, नश्ल, इतिहास, भूगोल, राष्ट्रवादका नाउँमा जागिर चल्न सुरु भइहाल्छ ।
हिन्दी फिल्ममा हिरो र गुन्डाको फाइट देख्नुभएको होला । हिरोले गुन्डालाई ढिचुँ गरेर लात्तीले हिर्काउँछ, गुन्डा पल्टिँदै कोकाकोलाको र्याक भएको थुप्रोमा गर्लाम्म लड्न पुग्छ, र्याक ढलेर चारैतिर कोकाकोलाको बोतल फैलिन्छ सहरको व्यस्त सडकमा हिरो हिरोइन गीतमा नाच्दै हिँड्छन्, सडकको दायाँबायाँ फेयर एन्ड लभ्लीको ठूलो ठूलो हेडिङ्बोर्ड दृश्यमा देखिन्छ । त्यो हेडिङबोर्डको अगाडिको सडकमा हिरो हिरोइन नाच्दै गाउँदै गरेको देखिन्छ ।
दर्शक कथाले मागेको दृश्य होला भन्दै मन्त्रमुग्ध भएर हेर्छन् । तर भित्री पाटोचाहिँ यस्तो दृश्यहरू बहुराष्ट्रिय कम्पनीले निर्मातालाई खल्ती भराएर गरेको अघोषित विज्ञापन हुनेगर्छ । जुन आमरूपमा चर्चा गरिँदैन । त्यसको एउटा उदाहरण केही वर्ष अगाडि फुटबल खेलाडीको पत्रकार सम्मेलनमा अगाडि टेबुलमा राखेको एउटा कोकको बोतल हेर्नुस् । हेर्दा खेलाडीले पिउनलाई अगाडि राखेको जस्तो देखाउन खोजिएको थियो, तर रोनाल्डोले त्यो बोतल हटाउँदा कत्रो हंगामा भएको थियो ?
टेबुलमा कोकाकोलाको बोतल राख्नलाई मात्रै अर्बौं रुपैयाँ आयोजकले बुझेको रहेछ । हेर्दा यी सबै प्रत्यक्ष विज्ञापन गरेको देखिन्न, तर घुमाउरो रूपमा ग्राहकको मस्तिष्कमा आफ्नो कम्पनीको वस्तु पुर्याउने माध्यमको रूपमा काम गरिरहेको हुन्छ ।
यो त भयो बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादन ग्राहक माझ पुर्याउन गरिने अघोषित विज्ञापन । अब आउनुहोस् अर्को इसाई बहुराष्ट्रिय कम्पनीले गरिने अघोषित विज्ञापनको कुरा गरौँ, जुन हत्तपत्त बुझिने खालको हुँदैन । इसाईले आफ्नो उत्पादन बजारमा लैजानु छ, तर त्यो बजारमा अर्कै वस्तु उपभोग गरिरहेको छ, त्यसको ठाउँमा आफ्नो वस्तुले बजार लिनुपर्ने भएको छ भने सबैभन्दा पहिला त्यो उपभोग गरिरहेको पुरानो वस्तुप्रति घृणा जाग्ने, मोह भंग हुने, उदासी हुने, श्रद्धा सम्मान नजाग्ने, मनोवैज्ञानिक रूपमा हेय लाग्ने बनाउनुपर्छ । त्यसपछि बिस्तारै पुरानो बस्तुको बजार घट्दै गएर खाली ठाउँमा नयाँ बस्तुले बजार लिँदै जान्छ ।
यसैका लागि बहुराष्ट्रिय इसाई कम्पनीले साहित्यकार कलाकार पत्रकार इतिहासकार सबैलाई एउटा एउटा प्याकेज प्रोग्राम दिएको हुन्छ, कसैले उपन्यासको माध्यमबाट, कसैले इतिहासको प्रसंग झिकेर, कसैले फिल्म टेलिफिल्मको माध्यमबाट जुन संस्कृति जुन धर्मप्रति आस्था र विश्वास गरिरहेको हुन्छ त्यसप्रति कटाक्ष हान्ने, विगतमा भएको कुसंस्कारलाई कथा वस्तु बनाएर उपन्यासमा उधिनेर पाठकमाझ पुर्याउने, सम्मानित धर्म गुरुलाई जोकर बनाएर उडाउने जस्ता यी सबै बहुराष्ट्रिय इसाई कम्पनीले पुरानो वस्तुको भाउ घटाउन गरेको अघोषित विज्ञापनको एउटा हिस्साहरू हुन् ।
भर्खरै चलेको पुर्णबहादुरको सारंगीमा एउटा दृश्य छ । पूर्णबहादुर घुम्दै जाँदा हिन्दू समुदायले भजन कीर्तन गरिरहेको ठाउँमा पुग्छन् । एकजना पण्डितले धकेलेर लडाउँछ, त्यसपछि ऊनी सख्त बिमारी हुन्छन् र त्यही व्यथाले उनको मृत्यु हुन्छ ।
यो फिल्म ९९ प्रतिशत हिन्दू ग्राहकले हेरे । वा… वा… कस्तो मार्मिक ! म त धुरुधुरु रोएँ भन्दै प्रचार–प्रसार गरियो । कथाले मागेकै होला भनेर स्वभाविक रूपमा हेरियो । यो दृश्य पनि इसाई कम्पनीले गरेको एउटा अघोषित विज्ञापन नै थियो, तर हिरो र गुन्डा जुधेर कोकाकोलाको र्याक लडाएको दृश्यलाई दर्शकले स्वभाविक रूपमा लिएको जस्तै यसलाई पनि कथाले मागेको दृश्य होला भन्दै हिन्दू समुदायले पचाएर छोड्यो ।
मह जोडीको नामले चर्चित हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले युएसएआइडीबाट पटकपटक गरेर ५ लाख ६०० डलर ल्याएर टेलीफिल्म बनाएका रहेछन् भनेर अहिले भन्डाफोर भयो । हामीले एक दशकअगाडिबाट यी कलाकारहरूले बिदेशी पैसा खाएर हिन्दू धर्मको उछितो काड्ने काम गर्दै आइरहेका छन्, भनेर धेरै अगाडि देखिन भन्दै आइरहेका थियौँ । तर, हामीलाई हाम्रै मान्छेहरूले तपाईंहरू जे मा पनि डलर देख्ने ! उनीहरू कलाकार हुन्, कथाले मागे अनुसारको भूमिकामा उभिनु उनीहरूको धर्म हुन् भन्दै खण्डन गर्ने गर्थे ।
आज त्यो वर्ग जो हाम्रो कुरा पत्याउँदैन थियो र उनीहरूले फिल्ममा हिरो र गुन्डाको फाइट हुँदा कोकाकोलाको र्याक ढल्न पुगेको दृश्यलाई कथाको माग अनुसारको भन्दै बसिरहेका ती वर्गहरूलाई कोकाकोलाकै कम्पनीले त्यो त हाम्रो पैसा दिएर गराएको विज्ञापन पो हो त भनेर खुलस्त गरेर छर्लंग पारेको जस्तै भर्खरै युएसएआइडीले हरिबंश मदनकृष्णजस्ता कलाकारहरूले गरेको अभिनय त हाम्रो स्वार्थ अनुरूप गरेको नौटंकी पो हो त भनेर बहिखाता सार्वजनिक गरको छ । बल्ल अहिले ती वर्गहरूले बुझ्ने अवसर पाए ।
हामीले सामान्यतया के बुझ्नुपर्छ भने हरिबंश मदनकृष्णले गरेको अभिनय र देखाएको दृश्यहरू उनले तयार गरेको कथाबस्तु नेपाली दर्शकहरूले हेर्नुअगाडि दातृ निकायले हेर्ने हो, यसबाट सन्देश समुदायमा के जान्छ र त्यसले इसाईकरणलाई कुन कोणबाट फाइदा हुन्छ भनेर दातृ निकायले हेरेर चित्तबुझ्दो भएपछि मात्रै स्वीकृत गरेर अनुदान वितरण गर्ने हो । दातृ निकायसँग सस्तोमा आएको धन हुन्छ र बिनाउद्देश्य बिनाउपलब्धि नौटंकीहरूलाई पैसा बाँड्दै हिँड्नलाई ?
नेपाली टेलिफिल्म होस् वा फिल्म होस् एकाधलाई छोडेर अधिकांश फिल्ममा हिन्दू धर्म विरोधि विज्ञापन लिएर काम गरेको हुन्छ । मदनकृष्ण हरिवंशले त्यही विज्ञापन दिने दाताको इच्छा अनुसारको कथा तयार पारेर फिल्म बनाउँथे । हिन्दूको पण्डितले गर्ने कर्मकाण्ड, पण्डितले लगाउने पोसाक, पण्डितको हास्यास्पद चरित्र चित्रण गरेर उनीहरूले दातालाई खुसी तुल्याउँदै आइरहेका थिए । जसलाई मुर्ख हिन्दूहरूले उत्कृष्ट कलाकारिता, वरिष्ठ कलाकार भन्दै अहिलेसम्म चमर हम्काउँदै बसिरहेका छन् । कुरा यति हो ।
तर, एउटा कुरा नि, नेपालमा ५० हजारभन्दा बढी लामा छन्, ३० हजारभन्दा बढी पास्टर छन् १० हजारभन्दा बढी मुल्लाह होलान् तर यिनीहरूलाई कथाले कहिल्यै नमाग्ने, तर हरिवंश र मदनकृष्णको जीवनकालभरीमा हास्यास्पद चरित्रमा बाहुनको त्यो पनि पण्डितको भूमिका मात्रै कथाले मागिरहने अनौठो लाग्दैन तपाईंहरूलाई ? यससम्बन्धी मदनकृष्ण हरिबंशले घण्टौँ लामो सफाइ दिइरहेको देखेँ । त्यति लामो प्रष्टीकरण दिनुभन्दा हाम्रो पेटको व्यथाले गर्दा कथा आएको हो, हामी दोषी होइनौँ हाम्रो पापी पेट पो दोषी हो हजुर भनेर भन्देउ न हौ, टन्टै साफ ।
प्रतिक्रिया