प्रभावकारी बन्दै अनलाइन प्लेटफर्म ‘लोकसेवा ज्ञान’

काठमाडौँ । सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन माध्यमबाट परीक्षाको तयारी गराउने अनलाइन प्लेटफर्म ‘लोकसेवा ज्ञान’ प्रभावकारी बन्दै गएको छ ।

लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य सेवा आयोग, विद्युत प्राधिकरण, खाद्य संस्थान, नेपाल टेलिकम लगायत विभिन्न संस्थानहरूको परीक्षाको तयारी गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन प्लेटफर्म ‘लोकसेवा ज्ञान’ पछिल्लो समय प्रभावकारी बन्दै गएको हो ।

यस प्लेटफर्मले अध्ययन सामग्री, प्रत्यक्ष तथा रेकर्डेड कक्षा, अनलाइन परीक्षा तथा पीडीएफ नोट, ई–बुक लगायतका लोकसेवा तयारी सामग्री उपलब्ध गराउँदै आएको छ । साथै लोकसेवा ज्ञान युट्युव च्यानलमार्फत निःशुल्क भिडियो कक्षा तथा अन्य अध्ययन सामग्रीहरू पनि उपलब्ध गराउने गरेको छ ।

यसले वेभसाइटबाट पनि सेवा दिने गरेको छ । अनलाइन शिक्षालाई प्रभावकारी बनाउन यस प्लेटफर्मले प्रत्यक्ष तथा रेकर्ड गरिएको भिडियो कक्षा पनि उपलब्ध गराउने गरेको छ ।

लोकसेवा ज्ञान प्रा.लि.का सञ्चालक प्रयाग लाल कुमाईले नेपालमा सरकारी सेवाको तयारी गर्ने विद्यार्थीहरूलाई परम्परागत अध्ययन पद्धतिभन्दा प्रविधियुक्त र लचिलो माध्यम प्रदान गर्ने उद्देश्यले यस प्लेटफर्मको सुरुआत गरिएको बताए ।

उनले विद्यार्थीहरूले आ– आफ्नो समय अनुसार पढ्न सक्ने सुविधा, अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन, डिजिटल अध्ययन सामग्री तथा परीक्षाको पूर्वतयारीका लागि अनलाइन परीक्षा जस्ता सेवाहरू यसले प्रभावकारी रुपमा दिइरहेको बताए ।

प्रतिक्रिया