काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारलाई प्रश्न गरेकी छन् । आजको बैठकमा सांसद श्रेष्ठले सरकारले ल्याएको समाजिक सञ्जाल विधेयकको विरोध गर्दै प्रश्न गरेकी हुन् । उनले ‘कन्टेन्ट क्रियसन’ र ‘पर्सनल ब्रान्डिङ’ बारे नबुझेरै विधेयक ल्याइएको भन्दै प्रश्न उठाइन् ।
उनले भनिन्, ‘युवालाई बोलाउनुस्, युवासँग संवाद गर्नुस्, जनताको आवाज सुन्नुस्, पेलेरै गोलमटोलरूपमा कसरी विधेयक पास हुन्छ, हामीले देखेकै छौँ, कसरी दुईतिहाइको दम्भ प्रयोग हुन्छ, कसरी मेजोरिटी (बहुमत) को दम्भ प्रयोग हुन्छ, त्यो पनि हामीले देखेकै छौँ ।’
उनले दम्भ छाडेर ‘कन्टेन्ट क्रियटर’ हरूलाई बोलाएर सोध्न पनि आग्रह गरिन् । ‘कन्टेन्ट क्रियटरहरूलाई बोलाउनुस्, छलफल गर्नुस् र सोध्नुस्– कन्टेन्ट क्रियसन भनेको के हो ? कसरी सोसल मिडियामा आफ्नो पर्सनल आइडेन्टिटी बनाइन्छ ? कसरी पर्सनल ब्रान्डिङ गरिन्छ ?’, सुमनाले भनिन्, ‘यति सिम्पल कुरा पनि नबुझेर यो विधेयक ल्याइएको छ ।’
प्रतिक्रिया