काठमाडौं । संघीय संसदअन्तर्गत आजको प्रतिनिधिसभाको सुरु भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक आधा घण्टा ढिलो गरी सुरु भएको हो ।
अहिले बैठक चलिरहेको छ भने सांसदहरुले आ–आफ्ना भनाई राखिरहेका छन् । आजको बैठकमा यसअघि सरकारले ल्याएको अध्यादेश पेश गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै पेश नहुने बताइएको छ ।
सरकारले हालै ल्याएका अध्यादेश आज संसद्मा निणयार्थ पेश नगरिने भएको हो । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अध्यादेश निणयार्थ पेश नगरिने भएको हो ।
यसअघि, संघीय संसद् सचिवालयले आजको बैठकका लागि जारी गरेको सम्भावित कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेश गर्ने उल्लेख थियो । तर, कार्यसूचीमा त्यो विषय नराखिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रतिनिधिसभा बैठक लाइभ
प्रतिक्रिया