बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबार क्षेत्रको अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

मंगलबार नेपाल आएका अधिराजकुमार एडवार्डले आज बिहान ठिमीस्थित एसओएसको कार्यक्रम सकेर भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । त्यहाँ उनले भक्तपुरको धार्मिक, इतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका छन् ।

नेपाल भ्रमणका लागि अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित मंगलबार काठमाडौं आएका थिए । मंगलबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया