काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । उनीहरु मंगलबार काठमाडौं आइपुगेका हुन् । राजकुमार दम्पतीलाई परराष्ट्रसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सोफिय र उनका श्रीमान् राजकुमार एडवार्ड फरक–फरक समयमा मंगलबार नेपाल आइपुगेका हुन् । उनीहरूले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनीहरु आज शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्ने तय भएको राष्ट्रपति पौडेलका सञ्चार संयोजक खिला कार्कीले जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरु ६ दिनसम्म नेपाल भ्रमणमा रहने कार्य तालिका छ ।

नेपाल बसाइको क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हुने कार्यक्रममा पनि सहभागि हुनेछन् । बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया ६ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया