बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया नेपालमा

काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया नेपाल आएकी छन् । उनी आज काठमाडौं आइपुगेकी हुन् । सोफिया आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन् ।

सोफियालाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । त्रिभुवन विमानस्थलबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने बताइएको छ । काठमाडौं आएपछि उनीहरू दुवै जना शीतल निवास गएर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यहाँ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर फेरि लैनचौर फर्कने बताइएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फिर्ता हुनेछन् । नेपाल बसाइको क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् ।

प्रतिक्रिया