काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
आज को दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्दछ । आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
आज कै दिन विद्यार्थीहरू नजिकैको सरस्वति मन्दिर र कतिपय आफ्नै विद्यालय पुगेर पूजा गर्ने गर्दछन् । तस्विरमा तारकेश्वर नगरपालिका– १० मनमैजुस्थित मानसिंह धर्म माविमा बिहानैदेखि सरस्वती पूजा गर्दै विद्यार्थीहरू ।
प्रतिक्रिया