नासलचोक गएर राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (तस्वीरहरु)

वसन्त पञ्चमी पर्वका अवसरमा सोमबार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणका क्रममा टीका, प्रसाद ग्रहण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण समेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ । राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी थिए । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ ।

वसन्त पञ्चमी पर्वका अवसरमा सोमबार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणमा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : किरणराज बिष्ट / रासस
वसन्त पञ्चमी पर्वका अवसरमा सोमबार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणका क्रममा टीका, प्रसाद ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : किरणराज बिष्ट / रासस
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वका अवसरमा हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर : किरणराज बिष्ट /रासस

प्रतिक्रिया