मुगु । मुगु जिल्लाको एक मात्र जिल्ला अस्पताल मुगुमा विशेषज्ञ सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सको अभावमा करिब एक वर्षदेखि रोकिएको विशेषज्ञ सेवा पुनः सुरु भएको हो ।
जिल्ला अस्पताल मुगुका व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्रतिष्ठानका विशेषज्ञ एमडिजिपी डाक्टर अभिषेक मिश्रलाई खटाएसँगै गत आइतबारदेखि विशेषज्ञ सेवा सुरु भएको छ ।
अब मुगु जिल्ला अस्पतालबाटै अत्यावश्यक शल्यक्रियालगायतका सेवाहरु प्रवाह हुने भएका छन् । सामान्य शल्यक्रिया गर्न जुम्ला तथा अन्य सुविधासम्पन्न अस्पतालहरुमा जानुपर्ने बाध्यताबाट मुगालीहरु मुक्त भएका छन् ।
मुगु जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगाालीहरु विरामी पर्दा कुनै शल्यक्रिया गर्नुपरेमा कि त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यताता थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिवी डाक्टर अभिषेक मिश्रलाई पठाएसँगै एपेन्डिक साईट सुत्केरी शल्यक्रिया आन्द्रमा समस्या भएका रोगलगायत जटिल अप्रेशन विशषज्ञ सेवा जिल्लामा उपलब्ध भएको जिल्ला अस्पताल मुगुका व्यवस्थापन समितिका अध्यक्ष गमल्लले जानकारी दिए ।
जिल्ला अस्पातल मुगुमा बाल रोग विशेषज्ञ डाक्टर निर्मल नगरकोटीले बालरोगसम्बन्धी विशेषज्ञ सेवा प्रवाह गर्दै आएका र आजसम्म कुनै पनि बालरोगसम्बन्धी जटिल केस बाहिर रिफर गर्नु नपरेको जिल्ला अस्पातल मुगुका डाक्टर अर्जुन भामले बताए ।
बालरोगसम्बन्धी विशेषज्ञ सेवा प्रवाह भए पनि अन्य विशेषज्ञ सेवा रोकिएको थियो भने पुनः डाक्टर मिश्रको आगमनसँगै अन्य विशेषज्ञ सेवा सुरु भएको डाक्टर भामले बताए ।
यसैबीच जिल्ला अस्पताल मुगुको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन छायाँनाथ रारा नगरपालिकाकाले जिल्ला अस्पताल मुगुलाई आवश्यक उपकरण तथा फार्मेशी औषधि व्यवस्थापनका लागि १० लाख, जिल्ला अस्पताल मुगुमा कोईकाबाट प्राप्त भएका उपकरण सञ्चालनका लागि १५ लाख र स्वास्थ्य सेवा कार्यालयको क्यान्टिन भवन सुधारका लागि सहयोग गर्ने भनी तीन बुँदे निर्णयका साथै दुई पक्षिय सम्झौता गरिएको जिल्ला अस्पताल मुगुका व्यवस्थापन समितिका अध्यक्ष मल्लले जानकारी दिए ।
मुगु
प्रतिक्रिया