काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कार्यालय आलोकनगरको बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
उनले सरकारले मुठीभर व्यक्ति र व्यवसायीहरूको लागि सरकारले काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरू गर्ने तयारी गरेको बताए ।
उनले सरकारले अध्यादेशमार्फत कालोबजार ऐनलाई तोडमोड गरी २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको बताए । सरकारकै कारण बजारमा सिमेन्टलगायत अन्य वस्तुहरूको मूल्यवृद्धि भएको उल्लेख गरे ।
उनले भने, ‘सरकारले ल्याएको अध्यादेश जस्तो देखिन्छ । तर कालोबजार ऐनलाई तोडमोडल गर्यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्नेबित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रूपमा बढेको छ । मुठीभर व्यक्ति र व्यवसायीहरूको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ । भूमिहिन किसानलाई घरवासको व्यवस्था गर्नुपर्छ भनेर संविधानले व्यवस्था गरेको छ । संरक्षित क्षेत्रका जमिनहरू समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह र उद्योगलाई दिने खेल भएको छ । गिरिबन्धु जस्ता जग्गालाई वैद्य बनाउने कामको विरोध गर्नेछौँ ।’
प्रतिक्रिया