योगको अर्थ र महत्व

आधुनिक समाजमा भागदौडको जीवन जीउदा शारीरिक र मानसिक अनेक रोगव्याधी निस्किए । मानसिक समस्याको उपचार दिन भौतिक विज्ञान असमर्थ रह्यो, योगाभ्यासमा उपचार भेट्टियो । विश्व स्वास्थ्य संगठनले योगलाई शारीरिक र मानसिक रोगको उपचारको अचूक चिकित्सा विधीको मान्यता दियो । मानव जीवनको सर्वाङ्गिण विकास योगको मूल उद्देश्य हो । शारीरिक, मानसिक, नैतिक, आध्यात्मिक र सामाजिक विकास नै सर्वाङ्ंगिण हो । योगलाई जीवनको सर्वाङ्ंगिण विकास गर्ने साधना विज्ञान भनिन्छ ।

रामचन्द्र शर्मा

संस्कृतको युज धातु बाट बनेको योग शब्दको अर्थ जोडनु हो । अर्थात मानिसले कुनै बस्तु वा कार्यमा आफुलाई लगाउनु । महर्षि पतंजलिले योगलाई आठ अंगमा बाड्दै ‘योगश्चितवृत्तिनिरोधः’भनेर परिभाषित गरे । चित्तवृति भन्नुको तात्पर्य ज्ञानेन्द्रियले बिषय ग्रहण गरि मनमा पुर्याउने, मनले आत्मामा पुर्याउने, आत्मा साक्षीभाव राख्ने द्रष्टा र बुद्धि अहंकारले बिषय निश्चय गरि कर्तव्य भाब ल्याउने समग्र कृया देखि चित्तमा बन्ने प्रतिबिम्ब सम्मको प्रकृया हो । र निरोध भनेको रोक्नु वा नियमन गर्नु हो । योगका आठ अंग क्रमशः यम, नियम,आसन, प्राणायाम, प्रत्याहार, धारणा ध्यान समाधिहुन् । अष्टाङ्ग योग मध्ये यम र नियमले मानिसको ब्यबहारमा शुद्धता ल्याई सात्विक र निर्मल चरित्र निर्माण गर्दछ । यम अन्तर्गत सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य पर्दछन् भने नियममा शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्राणिधान ।

यिनले आदर्श र उच्च चरित्र निर्माणमा महत्वपूर्ण भूमीका निर्वाह गरि मानिसमा ईश्वरीय गुण समावेश गराउछन् । योगको तेस्रो र चौथौ अंग आसन र प्राणायामबाट शरीर स्वस्थ र मन शुद्ध संयमित हुन्छ । पाँचौ अंग प्रत्याहारले ज्ञानेन्द्रियलाई बुद्धि विवेकको अनुशरण गर्न अर्थात आ –आफ्नो बिषयसंगको सम्बन्ध बिच्छेद गराई चित्तको स्वरुपमा तदाकार बनाइदिन्छ । छैठौं अंग धारणाले मनलाई आफुले रोजेको सकारात्मक बिषयमा लगि एकाग्र बनाउँछ । सातौं अंग ध्यान ज्ञानको दायरा फराकिलो र गहिरो बनाउने सजगताको उडान हो । योगको अन्तिम अंग समाधि सत् चित् आनन्दसंगको साक्षात्कार अर्थात परमानन्द प्राप्तिको अवस्था हो ।

गीताको दोस्रो अध्याय पचासौं श्लोकमा बुद्धि युक्तो जहा तीहं उभय सुकृत दुष्कृते । तस्याध्दोगाप युज्जस्व योगः कर्मसु कौशलम् । अर्थात कर्ममा कुशलता नै योग हो भनि परिभाषा गरिएको छ ।

कुशलताको तात्पर्य बन्धनमा नपार्ने अनाशक्तभावबाट गरिएको कर्तव्य कर्मलाई भनिएको हो। कठोपनिषदको २/३ र १०/११ मा जब पाँचै इन्द्रिय मनसंग जोडिन्छन् र मन निश्चल बुद्धिसंग जोडिन्छ, यो नै परमगति हो। इन्द्रियको स्थिर धारणा नै योग हो। जसको इन्द्रिय स्थिर हुन्छ उसमा शुभ संस्कार उत्पत्ति र अशुभ संस्कार नाश हुन लाग्दछन् । यो नै योगको अवस्था हो भनिएको छ।स्वेतश्वर उपनिषद २र१२ मा‘न तस्य रोगो न जरा न मृत्युः प्राप्तस्य योगाग्नि मयं – शरीरम् ।’ अर्थात योग रुपि अग्निमा शरीर तपाउनेलाई कुनै रोग लाग्दैन, वृद्धको लक्षण प्रकट हुदैन र असमयमा मृत्यु आउदैन भन्ने उल्लेख छ ।

महोपनिषद ६र१ तथा १३र३ मा‘मनः प्रश्मनोपायो योग इत्याभिधीयते।’ अर्थात मन रमाउने (स्थिर) उपाय योग हो भनि परिभाषा गरिएको छ । पंडित श्री राम शर्मा आचार्यले योगलाई जीवन जीउने कला भनेका छन। समग्रमा भन्नुपर्दा योग परमानन्द प्राप्तिको मुख्य साधन हो भन्नेमा सबै शास्त्र एकमत छन।त्यो परमानन्दलाइ कसैले आत्मदर्शन,आत्मसाक्षातकार भनेका छन भने कसैले परमात्मा वा ईश्वर संगको मिलन । यसबाट योगले मानिसमा ईश्वरीय गुण र शक्ति समावेश गराउनेतथ्य सिद्द हुन्छ ।

योग साधनाको प्रारम्भ भगवान शिवले हाम्रै देशको कैलाश पर्वतमा गरेको मानिन्छ। त्यसैले धार्मिक ग्रन्थहरूमा शिवजीलाई योगका आदि गुरु र साधनास्थल उच्च हिमवत्खण्ड नेपाल भन्ने उल्लेखित छ। आधुनिक समाजमा भागदौडको जीवन जीउदा शारीरिक र मानसिक अनेक रोगव्याधी निस्किए। मानसिक समस्याको उपचार दिन भौतिक विज्ञान असमर्थ रह्यो, योगाभ्यासमा उपचार भेट्टियो । विश्व स्वास्थ्य संगठनले योगलाई शारीरिक र मानसिक रोगको उपचारको अचूक चिकित्सा विधीको मान्यता दियो ।

मानव जीवनको सर्वाङ्गिण विकास योगको मूल उद्देश्य हो। शारीरिक, मानसिक, नैतिक, आध्यात्मिक र सामाजिक विकास नै सर्वाङ्ंगिण हो। योगलाई जीवनको सर्वाङ्ंगिण विकास गर्ने साधना विज्ञान भनिन्छ । साधनाद्वारा जन्म जन्मका संस्कार क्षीण गराउदै शारीरिक र मानसिक निरोगिता बढ्छ। कुविचार र कुसंस्कारको नाश र सुविचार सुसंस्कार उत्पत्ती भई असल ब्यक्तित्व निर्माण हुन्छ। जीवन उच्च र दिब्य बन्दै जीवनले संमृद्धि र परम आनन्द प्राप्त गर्दछ ।

योग साधना गरेर ऋषि मुनिहरुले ज्ञान हासिल गरि वेद, पुराण र गीताको रचना गरेका हुन। कख अक्षरारम्भ गर्दै विद्वान बने झै योगाभ्यास गर्दै जाँदा ऋषिमुनिहरुले आत्मसाक्षातकार गरी अनुभव र अनुभुती हामीलाई पस्किएका हुन् । महर्षिहरुको लामो आत्मानुसन्धानबाट सिद्द भएर आएको योगमा सबै समस्याको समाधान छ ।

योगको महत्वः महर्षि पतंजलिले संहिदावद्द गर्नुभएको अष्टाङ्ग योग अहिले मुख्य तीन अंग योग, प्राणायाम र ध्यानमा विभाजित गरिएको छ । रोग विशेषका फरक–फरक आसन समेत गरि धेरै प्रकारका योगासन प्रयोगमा ल्याइएको छ। त्यसैगरी स्वास्थ्य अवस्थानुसारका प्राणायाम छन। ध्यान पनि विभिन्न प्रकारबाट गराईन्छ । योग प्राणायाम र ध्यानलाई समष्टिमा योग भनिन्छ । आत्मज्ञानि, सुसंस्कृत र समुन्नत ब्यक्तित्व निर्माण गरिदिने योगको महत्व धेरै प्रकारका छन ।

शारीरिक महत्वः योगाशन र प्राणायामले शरीरका समस्त अंग प्रत्यंगमा जीवन उर्जा प्रकट र प्रवाहित गरिदिन्छ। अक्सिजनको आपूर्ति क्षमता बढाउँदछ । रगतशुद्धीकरण गर्नमा सघाउदैरक्तसंचारलाई सहज बनाउँछ। शरीर भित्र रहेका विजातीय तत्वर मलमूत्र निष्काशन गरी पेट आन्द्रा सफा राख्छ । तनाव र कुन्ठा विसर्जन गर्छ । शरीरलाई हृष्टपुष्ट बनाउन मद्दत पुर्याउछ । अंग–प्रत्यङ्ग सुचारु र कार्य क्षमता समेत बढाउँछ। समग्रमा वात कफपित्तको सन्तुलन मिलाउदै रोगप्रतिरोधी क्षमतामा वृद्धि गरी रोगको रोकथाम गरिदिन्छ । शरीरमा स्फूर्ति, मनमा उल्लास र बहुमुखी प्रतिभाको उदय एवं विकास हुन जान्छ। जीवनशैली कर्मशील र ब्यबस्थित बन्छ ।

मानसिक महत्वः मानसिक रोगले आधुनिक समाज आक्रान्त छ । भौतिक विज्ञानमानसिक रोगको उपचार गर्न असमर्थ रहेकोले समाज भयवित छ। योगाभ्यासले मानसिक रोगको उपचार संभव बनाया। लोप हुंदै गएको योगको महत्व बुझेर योग साधना गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

रिस,राग, द्वेष, घृणा, कटुता, ईष्र्या र चिन्ता जस्ता दुर्भावना मानसिक रोगका श्रोत हुन । वासना र कुविचारले मनमा प्रभाव पारेपछि मनले यी दुर्भावना उत्पन्न गर्दछ ।यी दुर्भावनाले मन क्रोधित बनाउँछ । क्रोधमा रगतलाई विषाक्त बनाउने रसायन हुन्छ । रगतको बिकृतिले अनेकन् मानसिक रोगबाट घेरिन्छ मानिस । मानिसको शक्ति र ओजश्वीता ह्रास हुन्छ। असमयमा वृद्ध हुदै मृत्युको मुखमा पर्छर एकबारको जुनी सुखपूर्वक जीउने अवसरबाट बंचित हुन्छ मानिस ।

चेतनाले थाहा पाउने मात्र हो, गर्न केही सक्दैन।चेतनाले राम्रो नराम्रो सबै थाहा पाउँछ तर फिल्टर गर्दैन। गर्ने गराउने सर्वेसर्वा मन नै हो । राम्रा कुरा मनमा ल्याउनुपर्छ, नराम्रा कुरा झार झै आफै आउछन् । सामान्य मानिसको मन चार सेकेन्डमा बदलिन्छ । मन चंचल र वेगवान छ तर मनले एकैपटक राम्रा नराम्रा दुबै कुरा ल्याउन सक्दैन। योगले मनलाई संयमित, स्थिर र राम्रा कुरा तर्फ उन्मुख गराउन सक्छ। राम्रा विचारमा स्थिर र एकाग्र भएपछि मन स्वस्थ हुन्छ ।

शरीरसँग घनिष्ठ सम्बन्ध हुने र प्रभावित समेत पार्ने मन स्वस्थ भएपछि मनले शरीर स्वतः स्वस्थ राख्छ । शरीर मनको छायाँ हो,मन दुखे शरीर दुख्छ। आमा बन्दा भने मन दुख्दैन, प्रश्रव पीडाले शरीर गलाउदैन । मन जीवनको कर्ता धर्ताहो ।त्यो कर्ताधर्ता मननिर्मलपार्ने योग हो । अतः मानसिक स्वास्थ्यमा योगको ठूलो महत्वरहेको बुझ्न सकिन्छ ।

पारिवारिक महत्वः ब्यक्ति ब्यक्ति मिलेर बन्ने परिवार ब्यक्तित्व विकासको मूल आधार हो। विश्वास,श्रद्वा, त्याग, समर्पण, संयम रतपस्या जस्ता प्रतिभाले परिवार निर्माण र रक्षा गरेको हुन्छ। लोभ, मोह र अहंकार त्यागी सन्तोषी, विनम्र र विवेकशील ब्यबहारले परिवार मजवुत र खुसहाल रहन्छ ।

त्यसैले गृहस्थ जीवनलाई गृहस्थ योग पनि भनिन्छ।योगले मानिसमा श्रद्धा, भक्ति, प्रेम रकरुणाभाव प्रकट गराउदै विवेकशील, विनम्र धैर्यवान र सन्तोषी बनाउँछ। सम्बन्ध नै सम्पत्ति हो भन्ने चेत र सजगता बढाउँछ । बनस्पति र प्राणीले फालेको वायुले एकअर्काको जीवन बचाई प्रकृतिले दिएको सहकार्य र सहअस्तित्वको शिक्षा आत्मसाथ गराउँछ । त्यसकारण सभ्य र आनन्दित पारिवार निर्माणमा योगको ठूलो महत्व छ ।

योगको सामाजिक महत्वः योगबाटशरीर स्वस्थ र चिन्तन सकारात्मक बन्छ। कर्ममा कुशलता, विचारमा उच्चता र विवेकी ज्ञान प्राप्त हुन्छ।अरुमा आफु र आफुमा अरु देख्ने सहृदयी भाव उत्पन्न भई अरुको कमजोरी हटाउनमा मद्दत गर्छ, खोज्दै हिँड्दैन। शारीरिक स्वस्थता, मानसिक शुद्धता र वौद्धिकतायुक्त ब्यक्तिबाट असल परिवारको निर्माण हुन्छ । असल परिवारहरू मिलेर बन्ने समाज स्वतः असल हुन्छ र समाजलाई रचनात्मक दिशा प्रदान गर्दछ। समाजको रुप गाउँ टोलको सानो देखि अन्तर्राष्ट्रिय स्तरसम्मको ठूलो र बृहद् छ। मूलतः योगले निष्काम भावमा कर्म गराउन मद्धत गर्छ । निष्काम भावद्वारा समूहमा मिलेर कर्म गर्ने प्रेरणा, नैतिकवान बन्ने प्रेरणा, सत्यवादी र अहिंस्रक बन्ने प्रेरणा मिल्छ । यिनै प्रेरणाहरुबाट आदर्श समाज स्थापना हुन्छ ।

योगको आर्थिक महत्वःअर्थ र योगको सम्बन्ध घनिष्ठ र प्रत्यक्ष छ । अर्थाेपार्जनमा योगले प्रभावकारी भूमिका खेल्दछ। धर्म, अर्थ, काम र मोक्ष प्राप्तिलाई चार पुरुषार्थ मानिन्छ। ज्ञान धारण गर्नु धर्म हो भनेधन आर्जनु अर्थ । यी दुबैको लागि कुशलतापूर्वक कर्म गर्नुपर्दछ। स्वस्थ शरीरले मात्र कुशलतापूर्वककर्म गर्न सक्छ। धर्म, अर्थ र कर्मको पूर्णताले मोक्ष प्राप्ति हुन्छ । मोक्ष भनेको चिन्ता, तनाव र कुन्ठाबाट मुक्त भएको अवस्थाहो। योगले शरीर निरोगी राख्दै कार्यक्षमता र कार्यकुशलता बढाउँछ । बढेको कार्यक्षमता र कार्यकुशलताले उद्योगको उत्पादकत्व र कर्मचारीको तलबमा वृद्धि हुन्छ ।

जनताको आय बढ्छ भने राज्यमा बढी राजस्व सङ्कलन हुन्छ । जनता र राज्य संगको अर्थले संसारमा उपलब्ध प्रबिधी र प्राबिधिक सीप खरिद गरी देशै संमृद्ध बनाउन सकिन्छ । योगको चारित्रिक महत्वःयोगाभ्यासले मनमा सकारात्मक सोच र सुविचारको उदय गराउँछ । सकारात्मक सोच र सुविचारले मानिसमा सत्यता, स्वाध्याय, निरहंकारीता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवा भाव, मधुर वाणी, लक्ष्य संग एकाकार र मुमुक्षा जस्ता नवगुण विकसित हुन्छ्न । यी नवगुणको विकासले मानिस उच्च चरित्रको आदर्शवान ब्यक्तित्वमा रुपान्तरण हुन्छ ।

योगको आध्यात्मिक महत्वःअध्यात्म मानिसलाई आफुमा भएको क्षमता र प्रतिभाका गुणहरू चिनाउँदै सदुपयोग गराउने विज्ञान हो अध्यात्म । योग विज्ञानको प्रयोगशाला हो । योगको साधनाले शरीरभित्र रहेका क्षमता, प्रतिभा रस्वभाब चिनाउदै अनुभव र अनुभुतीदिन्छ। त्यहि अनुभव र अनुभुती नै असली ज्ञान हो ।

मानिस अरुको प्रभावमा होईन आफ्नो स्वभावमा जीउनु पर्छ ।मानिसको मूल स्वभाव आनन्द हो।आनन्द प्राप्ति नै मानिसको मूल लक्ष्य हो र हुनुपर्छ ।लक्ष्यप्राप्तिकोमाध्यममन हो । मनभित्रि जगतमा प्रवेश गरे आनन्द बाहिरी जगतमा मात्र बहकिए तनाव ल्याउँछ। मनलाई भित्री जगतमा लैजान ज्ञानचक्षु भनिने तेस्रो आँखा खुल्नुपर्छ । बाहिरी दुई आँखा बन्द गरी योग गरेपछि मात्र तेस्रो आँखा खुल्छ। अतः मानिसले आफ्नो मूल स्वभाव आनन्दलाई चिन्न र प्राप्त गर्न योगअपरिहार्य छ ।

योगको राजनैतिक महत्वः योगले हरेक मानिसलाईआफ्नो जिम्मेवारी निष्काम भावद्वारा कुशलतापूर्वक सम्पन्न गर्न सक्षम बनाउँछ। नेताकार्यकर्ता र कर्मचारीले आफ्नो कर्तव्य निष्काम भावमा कुशलतापूर्वक गर्ने भएपछिदेशको हर क्षेत्र सबल हुन्छ । लामो अनुसन्धानपछि ऋषिहरुले पत्ता लगाएको योगको साधनामा ध्यान नदिँदा पद प्रतिष्ठा र धनले खुसी र आनन्द किन्न सकिन्न दुख निम्त्याउँछ भन्ने ज्ञाननेता कार्यकर्ता र कर्मचारीमा भएन । त्यसैले मूल समस्या हो उनिहरुमा रहेको अज्ञानता। समाधान ज्ञानले दिन्छ। ज्ञान तिनै नेता र कर्मचारी भित्र छ तर अज्ञानले ढाकिदिएको मात्रै हो । अज्ञानको ढक्कन योगले खोलिदिने हँुदा योगको राजनैतिक महत्वअधिक छ ।

प्रतिक्रिया