काठमाडौं । प्रतिपक्षी चार दलीय समाजवादी मोर्चाले आगामी माघ २४ गते संघीय राजधानी काठमाडौंमा विशाल आमसभा गर्ने भएको छ ।
बुधबार नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले २४ माघमा विशाल आमसभा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले सातै प्रदेशमा ठूला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए । यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए ।
‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, माघ २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ, मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, उनले भने ।
यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए ।
तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।
प्रतिक्रिया