नेशनल मेडिकल कलेजलेमा मनाइयो नेपाल नर्सिङ दिवस

वीरगञ्ज । नेपालमा आज ६३औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ । नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाल नर्सिङ दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि मनाइएको छ । दिवसको अवसर पारेर मेडिकल कलेजले नर्सिङ दिवस विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिइन् ।

मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, अडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी , डाइरेक्टर रुबि यास्मिन कलेजका प्राडा के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।

नर्सिङ दिवसकै अवसर पारेर बिरामीहरूलाई सोहि अवसरमा फलफूल वितरण गरियो । कार्यक्रममा नेशनल मेडिकल कलेजका, प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह, कलेजमा कार्यरत नर्स, कर्मचारीलगायत सहभागी थिए ।

प्रतिक्रिया