पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित ७ जनालाई हिरासतमै राख्नुपर्ने माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।
धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णय उल्ट्याउन माग गर्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दिएको हो । धरौटीमा छाड्ने जिल्लाको आदेश बेरीतको भएकाले उक्त आदेश बदर गरी थुनामै राख्न मागसहित उच्च अदालतमा निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।
गत २५ पुसमा लामिछानेलाई जिल्ला न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालतले लामिछाने र जोशीसँगै लीला पछाई, रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । मागदाबी लिइएको बिगोभन्दा धेरै कम धरौटी लिएर छाड्ने आदेश भएको पनि सरकारी वकिल कार्यालयले जनाएको छ । उच्च अदालतले जिल्ला अदालतसँग कैफियत प्रतिवेदन झिकाएर थुनामा राख्ने कि जिल्लाकै आदेश सदर गर्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया