सभापति कप फुटबल १० माघ देखि

काठमाडौँ । नेपाली लोकतान्त्रिक खेलकुद संघ महाधिबेशन निर्देशन समिती २०८१ को आयोजनामा १० माघ देखि सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ । ८ टोलीको सहभागिता रहने प्रतियोगिताको उपाधि विजेताले २६ लाख तथा उपाधि विजेताले १३ लाख रुपैया पाउने छन् ।

प्रतियोगितामा सहभागि टोलीमा नेपाल पुलिस क्लब, शशस्त्र प्रहरी क्लब, चर्च ब्वाइज फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब र बागम्ती फुटबल क्लब सहभागि हुने छन् । प्रतियोगिता १७ माघसम्म हुने छ ।

प्रतिक्रिया