काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमसहित सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र द्वन्द्व झल्काउन खोजेको छ ।
ट्रेलरमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई विशेष रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ । अभिनेता राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ । माघ १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म राजन भुसालले निर्देशन गरेका हुन् । फिल्ममा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण राखेको छ ।
प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको मुख्य भूमिका रहेको फिल्ममा अभिनेता कोइराला १० वर्षपछि ठुलो पर्दामा फर्किँदैछन् । दिव्याले यही फिल्मबाट आफ्नो अभिनय यात्रा थालेकी हुन् । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् ।
प्रतिक्रिया