यस्ताे छ ‘मातृभूमि जागरण अभियान’काे अवधारणापत्र 

काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन् । 

सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् । 

प्रतिक्रिया