काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् । यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको थियो ।
प्रतिक्रिया