नरेश जोगी र अञ्जु पन्तको आवाजमा ‘पागल पागल मन’

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर गायक नरेश जोगीले आफ्नो र गायिका अञ्जु पन्तको युगल आवाजमा ‘पागल पागल मन’ बोलको थारु गीतको भिडियो ल्याएका छन् ।

उक्त भिडियो गायक जोशीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । नरेश जोगी र नेहा चौधरी लगायतको अभिनय रहेको उक्त भिडियोमा छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाई, निर्देशन तथा कोरियोग्राफी प्रदिपकुमार रसाइलीले गरेका छन् ।

केही दिन पहिले मात्र नरेश जोगीको शब्द, संगीत र स्वरमा थारु गीत ‘मच्छी मारे जाई’को भिडियो सार्वजनिक भएको थियो । यस पछिल्लो गीतले पनि पहिलाको गीतले जस्तै दर्शक स्रोताको माया पाउने गायक जोशीले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया