तस्विरमा हेरौँ राष्ट्रपति कार्यालयमा माघे संक्रान्तिको शुभकामना आदानप्रदान

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सरिक हुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।

माघी पर्वको अवसरमा राष्ट्रपतिद्वारा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् । माघीको अवसरमा राष्ट्रपति भवनमा आज आयोजित चियापान कार्यक्रममा उनले सुशासन, विकास र शान्ति नेपालीको अभिष्ट भएको बताए ।

राष्ट्रपति पौडेलले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति कायम गर्नु नै रहेको बताए । उनले विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसदलगायत उपस्थित थिए ।

प्रतिक्रिया