गण्डकी । शहरी भीडभाड र कोलाहालबाट अलिक टाढा छ वेगवान बेगनास ताल । पोखरामै भए पनि निकै भीड हुने फेवाताल भन्दा केही किलोमिटर वर रहेको बेगनास ताल मुख्य शहरबाट बाहिर भए पनि मानिसहरु यहाँ पुग्ने गरेका छन् ।
पोखरा भ्रमणका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको घुम्न पर्ने स्थानको सूचीमा यो ताल पर्ने गरेको छ । निश्चल र निश्छल तालमा डुंगा चलाउनका साथै माछा मार्न र चारो खुवाउनको लागि मानिसहरु आउने गर्छन् ।
अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउनु स्वभाविक नै हो ।– तस्बिर नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया