कालिकोट । खाँडाचक्र नगरपालिकामा निःशुल्क क्षयरोग परीक्षण सुरु गरिएको छ । कर्णाली प्रदेश सरकार समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको, सेभ द चिल्ड्रेन र किड्स नेपालको सहयोग र खाँडाचक्र नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा बुधबार एक कार्यक्रमका बिच मान्मको पञ्चदेवल माविमा शिविरको उद्घाटन गरिएको छ ।
खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीको सभा अध्यक्षता, स्वास्थ्य सेवा कार्यालयका नि. स्वास्थ्य सेवा व्यवस्थापक डा भिष्म पोख्रेल, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका क्षयारोग तथा कुष्टरोग कार्यक्रमका सम्पर्क व्यिक्त पदम केसी, जनस्वास्थ्य अधिकृत कटकबहादुर महत, क्षयारोग विषेशज्ञ चिकित्सक र नेपाल पत्रकारमहासंघ कालिकोटका कोषाध्यक्ष विश्वनाथ सिम्खाडा लगायतका सरोकारवालाहरुको उपस्थितिमा शिविरको उद्घाटन गरिएको हो ।
सन २०३५ सम्म क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य अनुसार देशभरी क्षयरोगको परिक्षण सुरु गरिएको प्रदेश निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति केसीले जानकारी दिए । सोही अनुसार हामिले खाँडाचक्र नगरपालिकाका मान्म, दाँहा र पाखामा यो शिविर सञ्चालन हुन गइरहेको छ । अध्याधुनिक मेसिनद्वमरा परीक्षण हुने भएकाले नगरपालिकाका नागरिकहरुले यो सेवा लिन आवश्यक रहेको केसीको भनाई थियो ।
उनका अनुसार वार्षिकरुपमा ३ सयभन्दा बढीको क्षयरोग परीक्षण हुनु र्ने हुन्छ, तर कालिकोटमा वार्षिकरुपमा एकसयको संख्याको चेकजाँच भइरहेको छ । नेपाल सरकारको लक्ष्य अनुसार यसलाई थप जागरुप र परीक्षण दर बढाउनका लागि स्थानीय सरकार स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालयले बढिनै लाग्नुपर्ने औँल्याइएको छ ।
साथै, उनले परिक्षण गरसिकेपछी बिरामीको उपचारमा हुने भएकाले सवैले एकपटक क्षयरोग परीक्षण गर्नुपर्ने बताए । क्षयरोगको परीक्षण अत्याधुनिक मेसिनबाट छातीको एक्सरे गरेर उतिबेलै थाहा हुनेसमेत जानकारी गराए ।
यस्तै शिविर उद्घाटन कार्यक्रममा खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले गाउँका मान्छेले क्षयरोगलाई टिभी भनेर बुझ्दछन् । टिभी रोग एकबाट अर्कामा सजिलै सर्ने भएकाले नियमित रुपमा चेकजाँच गराउनुपर्ने उनले बताए ।
उनले समाजमा अझै पनि धुम्रपानजन्य पदार्थ सुर्ती, तमाखु बढी प्रयोग हुने भएकाले चेकजाँचलाई बढी प्रथामिकतामा राख्नुपर्ने बताए । शिविरको उद्घाटन कार्यक्रमको सञ्चालन क्षयरोग निवारण कार्यक्रमका खाँडाचक्र नगरपालिकाका संयोजक पुष्पराज पाण्डेले गरेका थिए । पाण्डेले बिहीबार तथा पुस ११ गते दाँहा र शुक्रबार १२ गते पाखा स्वास्थ्य चौकीमा यो शिविर सञ्चालन हुने जानकारी दिए ।
कालिकाेट
प्रतिक्रिया