बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिना र उनका परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचारमा अनुसन्धान

ढाका । बंगलादेशले पूर्वप्रधानमन्त्री एवं पदच्यूत नेता शेख हसिना र उनको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।

अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन् । सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री छन् ।

हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । ‘हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ’, हजाजले सोमबार भने ।

दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ ।

हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खातामार्फत रूपपुर संयन्त्रबाट पाँच अर्ब डलर दुरुपयोग गरेको आरोपबारे अनुसन्धान सुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ । आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शंकास्पद खरिद अभ्यासहरूको अनुसन्धान गरिरहेको जनाएको छ ।

‘किकब्याक कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी, कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ’, आयोगले भन्यो ।

भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ । ७७ वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा गइन् । यसले कथित सामूहिक हत्याको मुद्दामा उनलाई परीक्षणको सामना गराउन दृढ धेरै बंगलादेशीलाई क्रोधित बनायो ।

हसिनासँग टिप्पणीका लागि सम्पर्क गर्न सम्भव भएन । बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्ति अनुसार सिद्दीकले उनलाई घोटालामा संलग्न भएको आरोप लगाइएको दाबीमा कुनै संलग्नता अस्वीकार गरेका छन् । अमेरिकामा रहेको बुझिएका जोय पनि टिप्पणीका लागि उपलब्ध भएनन् ।– रासस, एएफपी

प्रतिक्रिया