वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारी लारा ट्रम्पले सिनेटमा सिटका लागि आफ्नो नाम फिर्ता लिएकी छन् । यही महिना लाराले रिपब्लिकन नेसनल कमिटी (एनएनसी) को सह–अध्यक्षको पदबाट राजीनामा दिएकी थिइन् । उनको यो कदमपछि बाहिरिँदै गरेका सिनेटर मार्को रुबियोको ठाउँमा उनी आउने सक्ने अड्कलबाजी बढेको थियो । ट्रम्पले रुबियोलाई विदेशमन्त्री बनाएका थिए ।
माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा उनले धेरै सोच विचार गरेपछि सिटमा दाबी गर्नबाट पछाडि हटेको बताएकी छिन् । रुबियोको बाँकी कार्यकालका लागि लाराले बरु फ्लोरिडाका गभर्नर रोन डिसान्टिसलाई राम्रो उम्मेदवार खोज्न शुभकामना दिएकी छन् । रुबियोको कार्यकाल २०२६ मा सकिँदै छ । शनिबार एक्समा गरेको एक पोस्टमा लाराले आफूसँग यो भन्दा ठूलो कुरा भएको र यसको घोषणा जनवरीमा गर्ने बताइन् । घोषणा के विषयमा हो भन्नेबारेचाँहि उनले अरू जानकारी दिएकी छैनन् ।
मार्चमा एनएनसीको सह–अध्यक्ष चुनिँदै लाराले आफ्नो ससुरा बुबाको चुनावी अभियानमा ट्रम्पको परिवारका सदस्यको बलियो प्रभाव देखाएकी थिइन् । लारा, उनको श्रीमान एरिक ट्रम्प र ट्रम्पका अर्का छोरा डोनाल्ड जुनियर सबैले जोडतोडका साथ ट्रम्पको प्रचार प्रसार गरेका थिए ।
प्रतिक्रिया