किभ । युक्रेनले गराएको विष्फोटमा वरिष्ठ रुसी अधिकारी मारिएका छन् । यसै आरोपमा एक युक्रेनी २९ वर्षीय युवालाई गिरफ्तार गरिएको छ । जनरल मृत्युले रुसलाई ठुलो झस्कासमेत दिएको छ । लेफ्टिनेन्ट जर्नल आइगोर किरिलोभ आवास गृहको ढोकामा पुगेपछि स्कुटरमा राखिएको विष्फोटक पदार्थ पड्किएको हो । यसअघि सोमबार मात्र युक्रेनले किरिलोभलाई रासायनिक हतियार प्रयोग गरेको आरोप लगाएको थियो ।
युक्रेनी सेनाको विरुद्धमा पहिलो विश्व युद्धमा प्रयोग गरिएको क्लोरोपिक्रिन ग्यास प्रयोग गरिएको आरोप लगाएको हो । यसपछि नै युक्रेनले किरिलोभ मारेको जिम्मेवारी लिएको छ । उनको साथमा असिस्टेन्ट लोया पोलिकार्भोक पनि मारिएको रुसी सञ्चार माध्यमले जनाएका छन् ।
रुसी सञ्चार माध्यमका अनुसार उनी मारिएको बम अन्यत्र कतै टाढाबाट सञ्चालित थियो । अहिले उनले प्रयोग गरेको भनिएको रासायनिक ग्यास संसारमा नै प्रतिबन्धित भएको छ । सो ग्यास प्रतिबन्ध लगाउने सम्झौतामा रुसले समेत हस्ताक्षर गरेको छ । यसको प्रयोगले युद्ध मैदानमा धेरै टाढासम्म आँखा र फोक्सोमा नकारात्मक असर गर्नेगर्छ । मे महिनामा नै युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग भएको आरोप अमेरिकाले लगाए पनि यसलाई रुसले अस्वीकार गरेको थियो ।
रुसले घटनामा पश्चिमा देशहरू जिम्मेवार रहेको आरोप लगाएको छ । रुसका रक्षा मन्त्री मारिया जाकारोभाले उनको हत्यालाई एउटा अपराध भएको बताएका छन् । रुसको अवकाश प्राप्त सैन्य प्रमुख आन्द्रेइ गरुलोयोभले अमेरिकाले अत्याचार मच्चाएको तथा त्यसको विरुद्धमा सक्रिय भएका कारण हत्या गरिएको आरोपसमेत लगाएका छन् । रुसी सरकारले भने उनको मृत्युलाई आतंकवादी हमलाको संज्ञासमेत दिएको छ ।
प्रतिक्रिया