दिसानायकेको भारतमा भब्य स्वागत

नयाँ दिल्ली । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्रांगणमा भव्य स्वागत गरिएको छ ।

श्रीलंकाका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । श्रीलंकाका राष्ट्रपति श्रीलंकाका राष्ट्रपति १५ देखि १७ डिसेम्बरसम्म भारतको राजकीय भ्रमणमा रहेका छन् ।

गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा २ देशका नेताबीच दुई पक्षीय कूटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया