पाँचथर । पाँचथर जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतीमा प्रकाश गुरुङ चयन भएका छन् ।
फिदिममा सोमबार सम्पन्न भएको रास्वपाको पहिलो जिल्ला भेलाले गुरुङलाई जिल्ला सभापति चयन गरेको जनाइएको छ । गुरुङ फिदिम नगरपालिका– ४ का पूर्व वडाध्यक्ष एवं खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।
गुरुङको सभापतित्वमा ११ समिति गठन गरिएको क्षेत्रिय निर्वाचन समिति पाँचथरका सभापति दिपक भण्डारीले जानकारी दिए । उक्त जिल्ला भेलाबाट उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा धनकुमार धमला, सहसचिवमा यामकुमार शिवाकोटी, कोषाध्यक्षमा सिर्जना रिजाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मुना लक्सम, महेश्वर तिम्लसिना, चन्द्रप्रसाद आर्चाय, रबिन आङदेम्बे, सुनिल बर्मा र कुलराज तामाङ चयन भएका छन् । उक्त सम्मेलन राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सांसद डा. तोसिमा कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईं, कोशी प्रदेश महामन्त्री लालबिक्रम थापा, ताप्लेजुङ सभापति इञ्जिनियर बिरेन्द्र श्रेष्ठलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
उक्त जिल्ला समिति तदर्थ समिति नै पुर्णता समिति रहेको बताइएको छ ।
प्रतिक्रिया