समस्यामा फस्दै शेख हसिना

ढाका । भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनामाथि नयाँ समस्या परेको छ । बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले ३ हजार ५०० व्यक्ति बेपत्ता भएकोमा शेख हसिनालाई दोषी देखाएको छ । यो अनुसन्धानमा प्रमाणित भएको जनाइएको छ ।

एक घटनाक्रममा जबरजस्ती बेपत्ता छानबिन आयोगले घटनाहरूमा पूर्वप्रधानमन्त्री शेख हसिना र धेरै वरिष्ठ अधिकारीहरूलाई संलग्न गर्दै आफ्नो अन्तरिम प्रतिवेदन पेस गरेको छ । ‘सत्य खुलासा’ शीर्षकको प्रतिवेदनले यी मामिलाहरूमा ¥यापिड एक्सन बटालियनको भूमिका विवादास्पद भएकाले यसलाई खारेज गर्न पनि सिफारिस गरेको छ ।

ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष न्यायाधीश मैनुल इस्लाम चौधरीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुसलाई छानबिन प्रतिवेदन बुझाएका हुन् । आयोगले जबरजस्ती बेपत्ताका १ हजार ६७६ उजुरी प्राप्त भएकोमा हालसम्म ७५८ उजुरीमा छानबिन भएको जनाएको छ ।

आयोगले बेपत्ता हुनेको कुल संख्या ३ हजार ५०० नाघेको अनुमान गरेको छ । यसले यी घटनाहरूलाई लुकाएर राख्नका लागि सुरक्षा बलहरूको अपरेसनको ‘योजना’ लाई औँल्याउँछ । न्यायाधीश चौधरीले भने कि अपरेसनहरू जानाजानी टुक्रा टुक्रा गरिएको थियो ता कि कर्मचारीहरूलाई पीडितहरूको पहिचानको बारेमा थाहा नहोस् र तिनीहरूलाई अस्वीकार गर्न सकियोस् ।

प्रमुख सल्लाहकार प्राध्यापक युनुसले आयोगको प्रयासको प्रशंसा गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘तपाईंहरूले धेरै महत्वपूर्ण काम गरिरहनुभएको छ, तपाईंहरूलाई जस्तोसुकै सहयोग गर्न सरकार तयार छ ।’ एक अभूतपूर्व कदममा सरकारका प्रमुख सल्लाहकार अन्सारीले पीडितहरूको दुर्दशा बुझ्नका लागि आयोगले पहिचान गरेका केही जेल र गोप्य हिरासत केन्द्रहरूको भ्रमण गर्ने योजना घोषणा गरे ।

प्रतिक्रिया