२०८१ मंसिर १५–२२ सम्म
मेष राशि–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यो साता मेष राशिका ब्यक्तिका लागी मनमा डर त्रास उत्पन्न, दुःखकष्ठ हटेर जाने, बिवादमा पर्न सकिने,नोकरीमा पदोन्नतीका साथैं राज्यपक्ष्यबाट सम्मानीतका साथंैं सरकारी काम काजबाट लाभ लादकै हुनेछ । घरदेखी टाढाको यात्रा प्राप्त, आटेका कामले पूर्णता हुने छ । सोचेको भन्दा बढी आय हुनेछ । धातु जन्य कारोबारवाट लाभ रहेको छ । टाढाको यात्रा प्राप्त भयता पनि यात्रामा खर्च बढने छ । विद्यार्थीहरुमा अध्ययनका लागी कडा मिहीनेत गर्नु पर्नेछ ।
बृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यो साता बृष राशिका ब्यक्तिका लागी मंसिर तेस्रो साता टाढाको यात्रा प्राप्त हुनेछ भने कार्यमा ढिलासुस्ती हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । झगडा बादविबाद बढने छ । व्यापार ब्यवसायमा हानी नोक्सानी हुनेछ । बिरोधी पक्ष्य परास्त हुनुका साथैं राज्यपक्ष्य रोकीयका कार्यहरु पूरा हुनेछन् । व्यवसाय गर्दा सावधानी अपनाउनुका साथैं व्यवसायमा नोक्सान हुन सक्नेछ । यात्रा प्राप्त भए पनि कष्ट हुनेछ अध्ययनमा अलि मिहिनेत गर्नु पर्नेछ । रत्न सम्बन्धी कारोवार गर्नेलाई लाभ हुनेछ । तनाब बढने छ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशि – २०८१ मंसिर मीथुन राशिका ब्यक्तिका लागी रत्न सम्बन्धी कारोवारबाट लाभ हुनेछ । मुद्धा मामिलामा बिजय प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । चिन्ता बढने छ । कार्यमा ढिलासुस्ती हुनेछ ।अध्ययनमा मन लाग्नेछ । अनावश्यक यात्रा हुनेछ । कुलकुटुम्बको साथ सहयोगवाट लाभ प्राप्त हुनेछ । परोपकारी कार्यमा मन लाग्नेछ । अकस्मात धन लाभ हुनुको साथैं भुमी सम्बन्धी कारोवार गर्नेलाई लाभ दायक नै रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – २०८१ मंसिर कर्कट राशिका ब्यक्तिका लागी राज्य संग बादबिवाद बढने छ ।मनमा अशान्ति बढन छ । अध्ययनमा मन लाग्नेछ । सुख शान्ति प्राप्त हुनेछ । छोटो छोटो यात्रा प्राप्त भयता पनि यात्रा गर्दा साबधानी अपनाउनु पर्नेछ । आय श्रोतका बाटाहरु बन्द हुनेछन् । कडा परिश्रम गर्दा आटेका कार्य सफल हुनेछन् । मानसिक चिन्ता बढने छ । राज्यपक्ष्यवाट हानी नोक्सानी हुनेछ । एक्कासी धन लाभ हुनेछ ।
सिह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यो साता सिह राशिका ब्यक्तिका लागी यात्रा प्राप्त भयता पनि यात्रा खर्चिलो हुनेछ । मान सम्मानमा कमीको अनुभुती रहनेछ । गृह सुख प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ नै रहेको छ । झै झगडा कलहमा फसिन सकिनेछ । सञ्चित धनबृद्धि हुनेछ । सम्मानमा कमी रहनेछ । मुद्धा मामिलामा विजई प्राप्त रहनेछ । राज्यपक्ष्यवाट कार्यमा अवरोध हुनुका साथैं कमभन्दा कम बोल्दा लाभ रहनेछ भने विद्यार्थी बर्गले अध्ययनमा अलि बढी मिहिनेत गर्नु पर्ने देखीन्छ ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यो सातामा कन्या राशिका ब्यक्तिका लागी मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । मनमा उमङ्ग बढनुका साथैं चंन्चलपन आउने छ । कार्यमा ढिला सुस्ती रहनेछ । आयमा सोचेको भन्दा बढी बृद्धि हुनेछ । आट हिम्मतमा कमी आउने छ । विरोधी पक्ष्य परास्त हुनेछन् । विद्यार्थी बर्ग अध्ययनमा सफलता प्राप्त हुनेछ । मुद्धा मामिलामा बिजयी प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त भयता पनि पनि यात्रा कष्टकारी हुनेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यो साता तुला राशिका ब्यक्तिका लागी खराब मान्छे सित बादबिवादमा फस्न सकिनेछ । मानसिक असंन्तोष बढनुका साथैं चिन्ता बढने छ । मनमा प्रसन्नता बढने छ । प्रेम तथा दामपत्य सुखमा कमी रहेको छ । रोजगार पेशा व्यवसायमा हानी नोक्सानी हुनेछ । विद्यार्थीहरुमा अध्ययनमा सफलता प्राप्त हुनेछ । शारीरिक सुखमा कमी हुनेछ । आर्थिक लाभ हुुनुका साथैं घरगृहस्थी सुख प्राप्त हुनेछ । खराब कार्यमा मन लाग्नेछ । सम्मानमा कमी हुनुका साथैं शारीरिक कष्ट आई पर्नेछ ।
बृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यो साता बृश्चिक राशिका ब्यक्तिका लागी अपमपान सहनु पर्नेछ । कडा परिश्रम पश्चात सुख आनन्द प्राप्त हुनेछ । कार्यमा ढिला सुस्ती हुनेछ । प्रेम तथा दामपत्य जीवन आनन्द प्राप्त हुनेछ । रक्त बिकार सम्बन्धी समस्या देखा पर्नेछ । साना तिना बिवादमा पर्न सकिनेछ । यात्राको क्रममा सामाग्री चोरीन सक्नेछ । मान सम्मानमा कमी रहनेछ । बिरोधी पक्ष्य पराजित हुनेछन् । कडा परिश्रम गर्नु पर्नेछ । अचानक धन लाभ हुनेछ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यो सातामा धनु राशिका ब्यक्तिका लागी अधिक खर्च बढने छ । धन नोक्सानीको साथैं कडा परिश्रम गर्नु पर्नेछ । शारीरिक सुख आनन्द प्राप्त हुनेछ । आटेका कार्यमा अवरोध आई पर्नेछ । घरदेखी टाढाको बास हुनेछ । यस दिन झै झमेलामा पर्न सकिने जसको कारण कार्यमा अवरोध हुने हुदा सावधानी अपनाउनु पर्नेछ । पेट सम्बन्धी समस्याले सताउने छन् । बिद्यार्थीमा अध्ययनमा सफलता हात पर्नेछ । सम्पूर्ण कार्यमा असफलता हात पर्नेछ । गृह सुखमा कमी रहनुका साथैं कामले पूर्णता पाउने छैंन ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यो साता मकर राशिका ब्यक्तिका लागी मांगलीक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । मनका चाहना पूरा हुनेछन् । शारीरिक दुःखकष्ट भोग्नु पर्नेछ । रोगबाट मुक्त हुनेछन् । स्वास्थ्यमा सुख, यश, आनन्द प्राप्त हुनेछ । टाढा यात्रा प्राप्त भएता पनि प्रेम तथा दामपत्य सुखमा कमी रहनेछ । बिरोधी पक्ष्य परास्त हुनेछन् । अध्ययनमा सफलता प्राप्त हुनेछ भने ब्यापारमा उन्नती हुनेछ । सञ्चित धन नोक्सान हुनेछ भने साथिभाईको साथ सहयोगबाट धन प्राप्त हुनेछ । परोपकारी कार्यमा लाग्दा फाईदा हुनेछ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द) – यो साता कुम्भ राशिका ब्यक्तिका लागी आटेका कार्य सफलता पूर्वक सम्पन्न हुनेछन् । मान सम्मानमा कमी रहनेछ । आर्थिक लाभ हुनेछ । घर देखी टाढाको यात्रा गर्नु पर्नेछ । आट हिम्मत बढने छ । मानसिक सुख शान्ति प्राप्त हुनेछ । कार्यमा अवरोध हुन सक्नेछ । बस्त्र रत्न कारोबारमा नोक्सानी हुनेछ । पत्थर, शस्त्र आदीवाट चोटपटक लाग्न सक्नेछ भने सञ्चित धन नोक्सान हुन सक्नेछ । टाढाको यात्रा गर्नु पर्नेछ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यो साता मीन राशिका ब्यक्तिका लागी मनमा रोग एवं अशान्ति बढने छ । राज्य पक्ष्य बाट हरेक कार्यमा अवरोध हुनुका साथैं ढिलासुस्ती हुनेछ । सरकारी क्षेत्रमा रहनु भएकालाई सम्मान प्राप्त हुनेछ भने आय श्रोतका प्रशस्त बाटाहरु देखा पर्नेछन् । उमङ्ग बढने छ । मान सम्मानमा कमी रहने छ । यात्रा प्राप्त भएता पनि यात्रामा चोटपटक लाग्न सक्ने खर्च बढन सक्नेछ । आटेका सम्पूर्ण कार्य सफलता पूर्वक सम्पन्न हुनेछन् । कुलकुटुम्ब देखी टाढा रहनु पर्नेछ । मानसीक तनाब बढनुका साथैं प्रेम तथा दामपत्य जीवनमा खटपट रहने छ ।
प्रतिक्रिया