मुगु । मुगुको उत्तरी सोरुगाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुसी भएका छन् । सोरुगाउँपालिका–४ लिब्रु गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी खुसी भएका हुन् ।
सोरुगाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै बिहीवार पहिलोपटक लिब्रु गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् ।
यो सडक निमार्णमा सोरुगाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रम करिब २ करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ । सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको बिहीबार सोरुगाउँपालिका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा रिबन काटेर सोरुकोट मसिनामेला हँुदै लिब्रु जोड्ने सडकको उद्घाटन गरेका थिए ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै सोरुगाउँपालिका अध्यक्ष शाहीले चुनावका बेला कर्णाली करडोर जोडन र गाउँगाउँमा विद्युत् र सडक पु¥याउने वचन दिएकोमा त्यसै अनुरूप गाउँगाउँमा सडक पु¥याउन सफल भएको अध्यक्ष शाहीले बताए ।
सोरुगाउँपाकिकामा हरेक ११ वडा बस्तीका ५६ बस्ती मध्ये अधिकांश वडा बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा बस्तीमा सडक जोड्ने लक्ष्य, उद्देश्य बमोजिम करिब ५० वस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पु¥याउने अध्यक्ष शाहीले बताए । उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिनेछ ।
सोरुकोट मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायाताका क्षेत्रमा सहज हुने भएको छ । उनीहरूका स्थापना भएका बैंक मध्ये सोरुकोटमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट हुम्लाका नागरिकलाई राजस्व, पेन्सेन लगायतका बैंकिङ सेवा लिन हुम्लाका नागरिकलाई हुम्ला सदरमुकाम सिमिकोट जानभन्दा सोरुकोट आउन सहज हुने भएकाले मुगुका नागरिकलाई मात्र नभई सोरुकोट मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले हुम्लाका नागरिकहरूलाई पनी सहज हुने सोरुगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।
उनका अनुसार यति मात्र नभएर हुम्लाका तीन पालिकाका नागरिकहरूलाई स्वास्थ्यसेवालगायत अन्य ब्यापारका आवश्यक हिसाबले पनि यो सडकको प्रयोग गरेर हुम्लाका नागरिकहरू मुगु सदरमुकाम गमगढीसम्म सेवा प्रवाहमा जोडिने अधिकृत शाहीले बताए ।
सोरु गाउँपालिकाको लिब्रु गाउँमा सबैभन्दा बढी सिमी, मास, केरालगायत उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहँुदा सिमी, मास सदरमुकाम गमगढी बजारमा बोकेर बिक्रीका लागि ल्याउने समस्या थियोे । अब गाउँमै गाडी पुगेपछि बिक्रीको लागि पनि सहज हुने स्थानीय अगसरा शाहीले बताइन् । अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने खाद्यान्न फलफूल, बजारीकरणमा सहज हुने उनको भनाइ छ ।
मुगु
प्रतिक्रिया